रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ । उनको […]
Author: Nonstop Khabar
विश्व फुटबल बरियतामा एशियाली राष्टको अवस्था खस्किदा नेपाल उही ठाउँमा
काठमाडौँ, २४ माघ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै […]
नेविसङ्घको तदर्थ केन्द्रीय कार्यसमिति बनाउने तयारीमा कांग्रेस
काठमाडौँ, २४ माघ । नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सङ्घको वर्तमान केन्द्रीय […]
प्रचण्डले फेरि समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ भनेपछि
चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन् । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको […]
प्रमोद खरेलको यो कुरा गोप्य सार्वजनिक (भिडियोसहित)
काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ुयो कुरा गोप्यु बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् । ुयो कुरा गोप्यु निकै रमाइलो र डान्सिङ […]
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ५ को मृत्यु
सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई भ्रष्टाचारको अभियोग
एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमलाई अनियमितातको अभियोग लगाइएको छ । उनलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्बन्धी अभियोग लगाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । माल्दिभ्स लोकतान्त्रिक पार्टीका हमिद अब्दुल घाफुरले ट्वीट गर्दै गयूमलाई चोरी, घुस र आर्थिक अपचलनसम्बन्धी ठूलो अभियोग लगाइएको उल्लेख गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार माल्दिभ्सको प्रहरीले महान्याधिवक्ताको कार्यालय मार्फत […]
चीन र अमेरिकाबीच पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षाः चिनियाँ राजदुत
एजेन्सी । संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस अगाडिभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताएका छन् । चीन–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी धारणा चीन र अमेरिकाबीच सहकार्य […]
परराष्ट्रले ल्यायो राजदुत नियुक्तिका लागि नयाँ मापदण्ड
काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार […]
विदेश नीति कमजोर बनेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना
काठमाडौं, २४ माघ । नेपालको विदेश नीति कमजोर बन्दै गएको भन्दै सासदहरुले सरकारको आलोचना गरेका छन् । संघीय संसद अन्तर्गतका समितिमा सा)सदहरुले सरकारको कडा आलोचना गरेका हुन् । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरे । […]











