टेन्डर विवादले नगर कार्यालयमा ढुंगामुढा प्रहार, प्रहरीसहित ३ गम्भीर घाइते

रुकुम, १७ चैत । रुकुमकाे आठबीसकोट नगरपालिकाकाे कार्यालयमा ढुङ्गामुढा भएकाे छ । ढुंगामुढा प्रहार हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। आइतबार टेन्डर दरखास्तको विषयमा विवाद चर्किएपछि ढुंगामुढासम्म पुगेकाे हाे । नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको […]

अपडेट: साँझपख आएको भयानक हावाहुरी, बारामा मात्र २५ को मृत्यु ४०० बढी घाइते

बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्।  साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले […]

मानिसलाई मालमा बदलेर पैसासँग तौलिने भयानक दुर्दशामा समाज

हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर गतिशील हुुनुपर्छ […]

लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास

काठमाडौं, १७ चैत । सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने अझै सरकारको कामप्रति अविश्वास जनाइरहेका छन् । अर्थतन्त्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नेप्से परिसूचकबाट पनि […]

ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु, घाइतेको पहिचान खुलेन

ओखलढुंगा, १७ चैत । ओखलढुंगामा भएको स्कारपियो दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। घाइते दुईजनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा […]

यौनवर्द्धक औषधिसहित चार पक्राउ

सुरुङ्गा, १७ चैत । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका […]

तनहुँका पाँच साहित्यकार सम्मानित

तनहुँ । तनहुँको शुक्ला साहित्य सङ्गमले पाँच साहित्यकारलाई सम्मान गरेको छ । सङ्गमले साहित्यको क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई शनिबार विभिन्न विधाबाट सम्मान गरेको हो । शुक्ला विशिष्ट पुरस्कारबाट गुल्मीका डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कारबाट सिराहाका धीरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कारबाट तनहुँका जगन्नाथ पौडेल र शुष्मा सिग्देल र शुक्ला बाल प्रतिभा पुरस्कारबाट अमृत ढकाल नगदसहित […]

प्रत्यक्ष वैदेशिक लगानीका अवसर र चुनौतीहरु

नेपाल सरकारले हालसालै नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न गरेको छ । यस सम्मेलनलाई नेपालको आर्थिक जगत्ले निकै चासो र महत्वका साथ हेरेको देखिन्छ । दुई वर्षअघि सन् २०१७ मा पनि नेपालले यस्तै प्रकृतिको लगानी सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष वैदेशिक लगानीका लागि दश वटा आर्थिक क्षेत्रहरुमा ८ देशका २६ वटाविभिन्न कम्पनीहरुले १३.७४ […]

प्रलेसको विवाद र अबको प्रलेस

प्रारम्भ हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उभिएका छौँ । प्रलेस अनेकन् जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य […]

प्रगतिशील लेखक संघ फुट्यो ३८ जना लेखक विद्रोह गरी नयाँ धार निर्माणमा

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस) अाैपचारिक रुपमै फुटेकाे छ । संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य समेत गरी ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेपछि प्रलेसकाे विवाद बाहिर छताछुल्ल भएकाे हाे ।  विद्राेह […]