काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् । पूर्व सहायक रथी बस्न्यातले […]
Author: Nonstop Khabar
विश्वकै सबैभन्दा महङ्गो सम्बन्ध विच्छेद, एकैदिनमै विश्वकै धनी महिला बनिन बेजोस
एजेन्सी । अमेरिकी लेखक म्याकेञ्जी बेजोस एकै दिनमा विश्वकै धनी महिला बनेपछि विश्वभर उनको चर्चा छ । उनी अरु कारणले भन्दा पतिसँग सम्बन्ध विच्छेद गरेपछि पाएको सम्पतिले धनी महिला हुन पुगेकी हुन । केही दिन अघिसम्म म्याकेन्ञ्जी बेजोस विश्वका नम्बर वान धनी व्यक्ति जेफ बेजोसकी पत्नी थिइन । जेफ बेजोस विश्वको नम्बर वान धनी हुन […]
यस्तो जलपमा छिराए महिलाले काठमाडौं विमानस्थलमा यति धेरै सुन
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै हुने तस्करीका रोचक कथा पत्ता लाग्दै गएका छन् । तस्करहरुले विभिन्न कला प्रयोग गर्दै नुनदेखि सुनसम्म तस्करी गर्दै आएका छन् । ३३ केजी सुनकाण्डले नेपाल प्रहरीमै ठूलो खैलाबैला मच्चाएपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुनको तस्करी भने रोकिएको छैन । त्यसपछि पनि अनेक कला र शैली प्रयोग गरेर सुन भित्र्याउने […]
सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल
आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन । अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई […]
पत्रकार पीडितको चलचित्र लावाजुनीले पायो युनिभर्सल सर्टिफिकेट
काठमाडौं, २२ चैत । पत्रकार केएल पीडितको नयाँ चलचित्र लावाजुनीले युनिभर्सल प्रमाणपत्र पाएको छ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको छ । लावाजुनी सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको सामाजिक चलचित्र हो । यस […]
श्रीमानसँगको अंश मुद्दा किनारा लाग्ने बेला केकमा बेहोस बनाउने औषधी मिसाएर अनिताको हत्या
कपिलवस्तु, २२ चैत । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि अदालतमा अंश मुद्दाको किनारा लाग्ने चरणमै कपिलवस्तुमा श्रीमतीको हत्या भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुर निवासी अनिता पौडेलको यसरी रहस्यम तरिकाले हत्या भएको हो । प्रहरीले हत्या भएको एक महिनापछि उनको हत्यामा सम्लग्न भएका तीन जनााई पत्ता लगाएर पक्राउ गरेको दावी गरेको छ । […]
चितवनमा रहस्यमय घटनाः आमा, छोरा र छोरी घरभित्रै झुन्डिएको अवस्थामा फेला परे
चितवन, २२ चैत । नेपाली सेनामा कार्यरत एक सिपाहीकी श्रीमती, छोरा र छोरी एकैसाथ झुन्डिएको अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरमा उनीहरु रहस्मय तरिकाले मृत फेला परेका हुन् । भरतपुर शशिनगरको शहरी क्लिनिक टोलमा उनीहरु आफ्नै घरभित्र एकै ठाउँमा छुट्टा छुट्टै सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् । नेपाली सेनामा […]
क्रिष्टल हिमालमा हिमपहिरोमा परी ३ जना वेपत्ता, प्रहरी भन्छ उद्धारमा जान सकिन्न
डोल्पा, २२ चैत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत मानिन्छ । हिउँ परेका बेला यो पर्वत घुम्दा पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ […]
काठमाडौं विमानस्थलमा फेरि फेला प¥यो ६ किलो सुन, ४ पक्राउ
काठमाडौं, २१ चैत । काठमाडौं विमानस्थलमा फेरि ठूलो मात्रामा सुन फेला परेको छ । देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ किलो सुन बरामद भएको हो । प्रहरीले सुनसहित ४ जनालाई पक्राउ गरेको छ । यसपटक पक्राउ पर्नेहरु सबै भारतीय नागरिक रहेको बुझिएको छ । तर, प्रहरीले उनीहरुको परिचय भने खुलाउन मानेको छैन । […]
आँधीले भत्काएको घरमा पुरिएको २ घन्टापछि जिवितै निस्किए यी बालक
बारा । गत आइतबार आएको हावाहुरीमा बारामा एउटा अचम्मको घटना घटेको छ । एक १२ वर्षीय बालक ठूलो हावाहुरीबाट भत्किएको घरमा पुरिएको २ घन्टापछि जिउँदै निस्किएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेता गाउँपालिका पुरन्हीयाका १२ वर्षका जागिर अन्सारी यसरी पुरिएको २ घन्टापछि जिउँदै निस्किएका हुन् । जागिर अन्सारीको घरमा पाँच परिवार थियो […]











