याक एण्ड यति होटलमा रहस्यमय प्रशिक्षण दिइरहेका १२ भारतीय पक्राउ

काठमाडौ । अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे । उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय […]

यस्तो छ भक्तपुर चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति

भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ । मध्यपुर थिमिस्थित यचू पार्टी भेन्यूमा आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो । नयाँ समितिमा कविदास धौबजि श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, […]

भक्तपुरको करिव १ सय ६३ रोपनी सरकारी जग्गा फिर्ता लिन सांसद बस्नेतको निर्देशन

देशभर सरकारी जग्गाको खोजी अघि बढिरहेको बेलामा भक्तपुरमा पनि मिचिएका र कब्जा गरिएका सरकारी जग्गाको खोजी शुरु भएको छ । पूर्वमन्त्री समेत रहेका भक्तपुरका सांसद महेश बस्नेतको अगुवाइमा सरकारी जग्गाको खोजी शुरु भएको हो । भक्तपुर- २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद बस्नेतले अतिक्रमित सरकारी जग्गा फिर्ता लिन मेयर र सिडिओलाई निर्देशन समेत दिएका छन । […]

याद गर्नुहोला

को अाए को गए याद गर्नुहोला घुम्छ फेरि समय याद गर्नुहोला नजिक भनाउँदाहरु पक्कै टाढिनेछन् खल्ती बलियो नभए याद गर्नुहोला हचुवाको भरमा प्रख्यात बनाइन्छ यहाँ तसर्थ क्षणिकको जयजय याद गर्नुहोला स्वार्थ नबोक्ने मान्छे हुँदै हुँदैन मान्नुस् हरेक भनाइको अाशय याद गर्नुहोला

कौडीको मुल्यमा नयाँ बसपार्क कब्जा गरी ब्रह्मलुट मच्चाउने लोत्सेमाथि किन बोल्दैन ओली सरकार

काठमाडौं । जताततै भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेको समाचार आइरहेकै वेला सरकारले बसपार्कका लागि अधिग्रहण गरेको जग्गा दीपक कुँवरको लोत्से बहुउद्देश्यीय प्रालिले कब्जा गरी मनपरी संरचना निर्माण गरिरहेको अर्को समाचार बाहिर्रिएको छ । सरकारले जनतासँग अधिग्रहण गरेको र जापान सरकारले बनाइदिएको नयाँबसपार्क काठमाडौं महानगरपालिकाले दीपक कुँवरलाई ब्यापार गर्न कौडीको मूल्यमा ३० बर्षका लागि दिएको खुल्न […]

प्रेसमाथि कठोर विधेयक विरुद्ध महासंघको नेतृत्वमा देशभर कालोपट्टी र सञ्चारसाधन सहित प्रदर्शन गरिदै

काठमाडौँ । सरकारले प्रेसमाथि हदैसम्मकाे नियन्त्रण गर्ने मनसायका साथ मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएकाे भन्दै सराेकारवालाहरुले अापत्ती प्रकट गरेका छन् । सराेकारवाला कसैसँग पनि छलफल नगरी प्रेस स्वतन्त्रताकाे हनन गर्न कठाेर सजायसमेतकाे व्यवस्था गरी विधेयक ल्याइएपछि त्यसकाे चाैतर्फी विराेध भएकाे हाे । श्रमजीवी पत्रकारहरुकाे संस्था नेपाल पत्रकार महासंघले सरकारले ल्याएकाे विधेयकका विरुद्ध अान्दाेलनमा उत्रने चेतावनी […]

जापानकाे नारितामा पनि नेपाल एयरलाइन्सले उडान गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान आउँदो असार तेस्रो साताबाट पुनः सुरुवात गर्ने भएको छ । ओसाका उडानलगत्तै जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडानको तयारी गर्ने निगमको योजना छ । निगमले टोकियोको नारितामा उडान अनुमति पाएपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई उडान गर्ने योजना रहेको पनि जनाएको छ । स्थापनाको ६१ […]

अमेरिकी निर्णयप्रति चीनद्वारा आश्चर्य प्रकट, धैर्यता नगुमाउन ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य बन्न आग्रह गरेका छन् । अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने बताइरहँदा अमेरिकी राष्ट्रपतिले व्यापार विवादबारे हतार गर्नु आवश्यक नरहेको बताएका हुन् । अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको भन्सार करलाई १० प्रतिशतदेखि २५ […]

भवनको जग खन्दा भेटियो २५ तोला सुन, ३० तोला चाँदी

अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो । भवनको […]

सडक निर्माणको काममा ढिला सुस्ति

ललितपुर–२७ वैशाख जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ । अदालतको […]