नेपाल एयरलाइन्सका कर्मचारी फेरि सुनसहित समातिए

काठमाडौं, २३ बैशाख । पटक–पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका […]

नेपालबाट गाँजा ओसारपसार गर्दै भारतीय एम्बुलेन्स, ६४ केजी गाँजासहित भेटियो यस्तो

हेटौंडा, २३ बैशाख । भारतीय एम्बुलेन्स नेपालमा गाँजा ओसारपसारकाे काममा प्रयाेग हुने गरेको भेटिएको छ। एउटा भारतीय एम्बुलेन्सबाट ६४ केजी गाँजा भेटिएपछि यस्ताे खुलासा भएकाे हाे । मकवानपुर प्रहरीले ६४ केजी गाँजासँगै एम्बुलेन्स बरामद गरेकाे छ। आइतबार विहान हेटौंडा–१५ लच्कामा रोकिराखेको एम्बुलेन्समा ६४ किलो गाँजा मकवानपुर प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट […]

फोहोर व्यवस्थापन सुरु भएपछि हेटौंडाको मुहार बदलिँदै

हेटौंडा २३ वैशाख। वैज्ञानिक तवरबाट फोहोर व्यवस्थापनको सुरुवातसँगै हेटौंडा सहर सफा देखिन थालेको छ । जैविक फोहरबाट कम्पोष्ट मल बनाएर हेटौंडाका बासिन्दाले धेरथोर आम्दानीसमेत गरिरहेका छन् । फोहर व्यवस्थापनमा हेटौंडा उपमहानगरले बजेट नछुट्याए पनि स्थानीयले मासिक शुल्क बुझाएकै भरमा फोहर व्यवस्थापन भएको हो । हेटौंडाका बासिन्दा हरियो डस्टबिनमा कुहिने फोहर र निलो डस्टबिनमा नकुहिने फोहर […]

श्रीलंकाले किन गर्यो २०० धर्मगुरुसहित ६ सयलाइ देश निकाला

काठमाडौं । श्रीलंकाले २०० धर्मगुरुसहित ६ सय जनालाइ देश निकाला गरेपछि यसबारे विश्वभर चर्चा भइरहेकाे छ । यति धेरै धर्मगुरुलाई एकैसाथ देश निकाला गरिनुलाई आश्चर्य मानिएकाे छ । श्रीलंकामा इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा […]

७८ यात्रुसहित उडिरहेको विमानमा एकाएक आगो लागेपछि फोर्स ल्याण्डिङ गराउँदा ४१ को मृत्यु

काठमाठौं, २३ वैशाख । उडिरहेको विमानमा एकाएक आगलागी भएपछि फोर्स ल्याण्डिङ गराइएको छ । सो क्रममा ४१ जनाको मृत्यु भएको छ । यो घटना रुसको राजधानी मस्कोमा भएको हो । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा आगलागी भएको हो । विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य […]

दोहोरी ब्याटलका भाइरल गायक प्रकाश सपुतको नयाँ गीत हुरुरु पहिलो दिनमै एक लाखले हेरे

काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी […]

जेठ अन्तिम साता छैटौँ अनुपम साङ्गीतिक साँझ

पोखरा, बैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ । सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । वीरेन्द्र पालिखेलाई संरक्षक […]

सरकारी सर्भरमा आयो यस्तो ठूलो समस्या

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सरकारी सेवाहरु प्रभावित भएका छन् । साढे १० बजेदेखि सर्भरमा समस्या आएका जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको छ । ‘साढे १० बजेसम्म राम्रो काम भइरहेको थियो,’ उनले भने, ‘ट्राफिक बढी […]

श्रीमतीलाई हत्या गरेर आफैलाई झुण्ड्याए जीतबहादुरले

बर्दिया, २२ बैशाख । राजापुर नगरपालिका-२ प्रगति गाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय जीतबहादुर थारुले शनिबार राति श्रीमती अनिताको घाटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक मदनजित महतराले बताए। लगतै जीतबहादुरले झुण्डिन थाल्दा उनकी छोरीले कराएको प्रहरीको भनाई छ। प्रहरीले झुण्डिएको अवस्थामा उनको शव फेला पारेको जनाएको छ। हत्या […]

उत्तर कोरियाली नेता किम जोङ उन मिसाइल परीक्षणमा आफै सहभागी

एजेन्सी । उत्तरकाेरियाले फेरि मिसाइल परिक्षण गर्न लागेपछि अमेरिकाले नरम प्रतिक्रिया जनाएकाे छ । उत्तर काेरियाले गरेकाे पछिल्लाे मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन्। उनले उत्तर कोरियाली नेता आफूले गरेको वाचा नतोड्ने पनि ट्रम्पले बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता […]