सिराहा । सिरहामा स्थानीयकाे कुटपिटबाट एक सैनिक जवानको मृत्यु भएको छ। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो। नेपाली सेनामा सैनिक जवानको पदमा दरबन्दी रहेका उनी संखुवासभा पोष्टिङमा थिए। एक महिने घरविदामा आएका थिए। वैशाख २८ गते शनिवार राती कुटपिटबाट गम्भीर घाइते […]
Author: Nonstop Khabar
रुपन्देहीमा प्रहरीको गोली लागेर एक घाइते
बुटवल । रुपन्देहीको शंकरपुर नाकामा बिहीबार दिउँसो गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो। सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै […]
उद्धार गर्दा गर्दै हेलिकप्टरमै मृत शिशुको जन्म
रुकुम, ३ जेठ । रुकुमकी एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी रुकुम पूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल […]
अर्काकी श्रीमतिसँग रंगेहात भेटिएका पुरुषले पाँचौं तलाबाट हाम फाले
काठमाडाैं । अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा ज्यान गएको छ । घटना भारतको दिल्लीको हो । दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आपत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए । ती महिलाका श्रीमानले दुई जनालाई आपत्तिजनक अवस्थामा देखेपछि हतार हतार भाग्ने […]
अभिभावकको घरमा गएर सुन र नगद चोर्ने प्रधानाध्यापक
मेलम्ची, ३ जेठ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय […]
६५ आरोही सगरमाथाको चुचुरो पुगे ४० करोड बढी राजश्व सङ्कलन
सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन । आचार्यका अनुसार पाँच […]
विश्वभर ५० औं विश्व दूरसञ्चार दिवस मनाइदै
काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको […]
यसरी मिलाइयो सत्तासिन दलका जनगर्गीय संगठनको भागवण्डा
काठमाडौं । पार्टी एकीकरण भएको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनहरुको एकताको टुंगो लगाएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेतृत्वको टुंगो लगाउँदै तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको छ । विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ, युवा संघमा रामप्रसाद सापकोटा संयोजक […]
नेकपाको युवामा दिपशिखा, विद्यार्थीमा महर, पत्रकारमा महेश्वर
काठमाडाैं, २ जेठ । सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनकाे एकता टुङ्गाे लगाउँदै तिनकाे नेतृत्व पनि टुङ्गाे लगाएकाे छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले काठमाडौं जनवर्गीय एकताको टुंगो लगाएको हाे । जनवर्गीय संगठनहरुकाे एकता टुङ्गाे लगाउनुका साथै जवसका प्रमुखहरु ताेक्ने काम पनि भएकाे नेकपाका सचिवालय सदस्य नारायणकाजीले जानकारी दिए । श्रेष्ठका […]
स्वदेशमा पृथ्वीनारायणको शालिक उखेल्ने, चीन गएर माओको शालिक परिक्रमा गर्ने ढोङ्गीहरु
सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए । कोइरालालाई नेहरुको शैली पचेन । उनले तत्काल प्रतिवाद गरे– ‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले स्वतन्त्र मुलुकको सरकार प्रमुखसँग वार्ता […]










