विश्वभर ५० औं विश्व दूरसञ्चार दिवस मनाइदै

काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ ।

एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा केन्द्रित हुन थलोको छ ।

यस वर्ष विश्व दूरसञ्चार दिवसको नारा ‘ब्रिजिङ द स्टान्डराइजेसन ग्याप’ तय गरिएको छ । यद्यपी पछिल्लो सयम नेपालमा दिवस परम्परागत रुपमा मात्र मनाइँदा आईटीयूबाट प्राप्त हुनसक्ने थप लाभ लिन नसकिएको दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिए ।

आईटीयूको स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । सन १८६५ मे १७ मा आईटीयूको स्थापना भएपछि सन् १९६९ देखि यो दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आईटीयूले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ ।

Loading...