काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेपत्ता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउन पत्र पठाएको छ । अख्तियारको पत्रपछि प्रहरी मुख्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाइ २४ घण्टाभित्र डिएसपी ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आदेश दिएको छ । अख्तियारले ढुंगेलको […]
Author: Nonstop Khabar
एकैपटक २ सय ३६ न्यायाधिशको सरुवा
काठमाडाैं । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो । न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस […]
तीन अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्रबाट सकुशल पृथ्वीमा फिर्ता
काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा तीन वैज्ञानिक सकुशल फर्किएका हुन् । काजकस्थानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरु सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरुमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ठ रुसी अन्तरिक्षयात्री […]
९ हजारका लागि परीक्षा हुन नदिन लोकसेवा अगाडि ठूलो प्रदर्शन
काठमाडौं, २ साउन । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन खारेजीको माग गर्दै आयोगको केन्द्रीय कार्यालय अगाडि ठूलो पदर्शन भएको छ । ठूलो संख्यामा मानिसहरु जम्मा हुने देखिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीबेरमै त्यहाँबाट प्रदर्शनकारीहरुलाई हटाएको थियो । काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरुको ठूलो समूह जम्मा भएर बिहीबार केहीबेर घेराबन्दी समेत […]
राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ, २ साउन । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल […]
हजयात्रीलाई विदा गर्न विमानस्थलमै गए गृहमन्त्री
काठमाडौँ, २ साउन । गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरेका हुन् । आज पहिलो चरणमा उनीहरू हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई […]
१०० रोपनी जग्गामा रङ्गशालाको डिपिआर तयार
दमौली, २ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा रहेको […]
नलगाड जलविद्युतको मुआब्जा वितरण यसै वर्ष सकिने
जाजरकोट, २ साउन । लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । चार वर्षअघिदेखि […]
सुष्माको उपचारका लागि विदेशमा जुटेको सहयोग हस्तान्तरण
लमजुङ, २ साउन । बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएको छ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको एक लाख २७ हजार ५९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति […]
किसानलाई पेन्सनको सुविधा दिँदै सरकार
बाजुरा, २ साउन । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै […]











