प्रदेश सरकारले ७० लाखको मोटरसाइकल प्रहरीलाई बाँड्यो

पोखरा, २ साउन । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरेलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले सुरक्षालाई सुदृढ तुल्याउन प्रदेश […]

कृषिमा उच्च प्राथमिकता, कृषि उपकरणमा ५० प्रतिशत अनुदान

बुटवल, २ साउन । रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरूलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरेका हुन् । सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरूलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए […]

गोदावरी नपाले करोडौ लागतमा चिस्यान भण्डारण केन्द्र बनाउँदै

ललितपुर, २ साउन । गोदावरी नगरपालिका–५ लेले भञ्ज्याङमा चिस्यान भण्डारण केन्द्र निर्माण हुँदैछ । डेढ करोड लागतमा निर्माण हुँदै गरेको सो चिस्यान केन्द्र दक्षिण ललितपुरको मुख्य केन्द्रविन्दु लेलेमा निर्माण गरी ललितपुरका किसानलाई सुविधा दिन लागिएको हो । ललितपुरका तीन गाउँपालिकाबाट दैनिक उत्पादन भएर आउने पाँचदेखि आठ गाडी तरकारी आपत्कालीन अवस्थमा भण्डारण गर्न सहयोग मिलोस् भनी […]

एकै जिल्लाका २४ सडकमा बाढीले पुर्यायो नराम्रो क्षति

बर्दिवास, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । […]

फेसएपलाई कत्तिको विश्वास गर्न सकिन्छ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्। पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको ‘डेटा’प्रति त्यति धेरै सतर्कता नअपनाएको […]

विप्लव-सरकारबीचको वार्ता: हल्ला र यथार्थ

सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले गरेका […]

आजको दैनिक राशीअनुसार तपाईको भाग्य कस्तो छ ? राशी हेरेर दिनको सुरुवात गर्नुहोस

वि.सं. २०७६ साउन २, बिहीबार । इ.स. २०१९ जुलाई १८ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । द्वितीया, उप्रान्त तृतीया । उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले समस्या पर्नेछ। […]

पैसाबारे दम्पती र साथीहरूबीच हुने विवादका चार कारण

के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि? हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ; यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन। र यसको कुराकानीको अन्त्य सधैँ राम्रो हुँदैन। हालै ब्रिटेनमा गरिएको एउटा अध्ययनका […]

तिलोत्तमा नगरपालिका प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा

रुपन्देहीको, १ साउन । तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घ–संस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवाला सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आज नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरेका हुन् । उनले सहभागीलाई प्लाष्टिक […]

​बलात्कार नै नहुने बस्ती

जुआ मा र ला त्सुओ जुम्ल्याहा दिदीबहिनी । तिब्बत र सिचुवाँसँग जोडिएको युन्नानको गाउँ काओहाइ । नजिकै लुगु ताल । त्यस भेगमा मोसुओ जातिका करिब ४० हजार चिनियाँ बस्छन् । जुआ मा र ला त्सुओको परिवार ठूलो छ । आह मी ९बज्यै० परिवारकी हर्ताकर्ता हुन् । जुआ र त्सुओलाई आफ्नो बाबुको पत्तो छैन । बज्यै, […]