एकवर्षमै ५४५ खानेपानी आयोजना बनाएको दावी, समस्या ज्यूका त्यू

काठमाडौँ, २ साउन । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायले ५२६ साना तथा आधारभूतस्तरका र १९ वटा ठूला आयोजना सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजना सम्पन्न भइसकेकाले यसबाट […]

तीनतहको सरकारबीच समन्वय गर्न कानून बल्ल बन्दै

काठमाडौँ, २ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थितरुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको बिहीवारको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको आधारमा तीन तहको सरकारबीच समन्वयको प्रारुप र कार्यप्रणालीबारे प्रश्नावली बनाउने निर्णय गरेको समितिका सभापति […]

बाढी पीडितका हृदयविदारक वेदना: टुङ्गो छैन ‘के खाने, कसरी बच्ने’

सप्तरी २ साउन । घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ […]

साइत जुराउ भो तिम्रै घर आउँछु पियारा

तिम्रै नामको मेहन्दी लाउँछु पियारा  भन तिम्लाई कहिले पाउँछु पियारा !! चुरा-पोते, रातो-सारी, मंगलशुत्र, सिन्दुर लाउन पाउँ भन्दै मन्दिर धाउँछु पियारा ! जीवन गीतमा सारङ्गीको धुन भरौ अब म नि प्रेमिल मिठो गीत गाउँछु पियारा ! कहिलेसम्म लुकी-लुकी भेट्ने हो र खै ? साइत जुराउ भो तिम्रै घर आउँछु पियारा !

आज साउन ३, शुक्रबार तपाईको राशी कस्तो छ ? हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ३। शुक्रबार। इ.स. २०१९ जुलाई १९। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। तृतीया, उप्रान्त चतुर्थी।  उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। केही विवादास्पद काम गर्नुपरे पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ र प्रयत्न […]

कैलालीमा शक्तिशाली बम बिस्फोट, ५ घाइते

कैलाली, २ साउन। कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा आज साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् । आज साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन […]

बुद्धको मुर्ति तोडफोडको चौतर्फी बिरोध

बुटवल, २ साउन । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको […]

वार्ताबारे विप्लवको कठोर प्रतिक्रिया, वार्ताको हल्ला ‘भ्रमपूर्ण बकवास’ भएको दावी

काठमाडौं, २ साउन । वार्ताको हल्ला चलिरहेका बेला विद्रोही नेपाल कम्युनिस्ट पार्टीले सरकारप्रति कठोर प्रतिक्रिया जनाएको छ । सरकारका तर्फबाट सत्तारुढ दलका केही नेताहरु वार्ताको पहल गरिरहेको हल्ला चलिरहँदा विद्रोही नेकपाले ‘वार्ताको हल्ला भ्रमपूर्ण बकवास’ भएको बताएको छ । नेकपाका पोलिटब्यूरो सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजङ्गले बुधवार एक विज्ञप्ति जारी गर्दै सरकारले ‘गोयबल्स शैलीमा […]

घुस लिंदालिदै दुई पक्राउ

तनहु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेवाग्राहीबाट रु एक लाख ७५ हजार घुस लिने क्रममा दुवै जनालाई कार्यालयबाटै पक्राउ गरिएको हो । अपरेटर पौडेलसँग मिलेर शाहीले […]

विप्लवले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र वार्ता गर्ने सरकारका प्रवक्ताकाे प्रष्टोक्ति

काठमाडौं, २ साउन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे अाधिकारिक धारणा बाहिर अाएकाे छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए मात्र सरकारले वार्ता गर्ने प्रष्ट पारेका छन् । साथै प्रवक्ता बास्कोटाले विप्लवका शर्तहरु मानेर वार्ता नगर्ने […]