नेकपाको सचिवालय बैठक आज

काठमाडौँ, १३ साउन । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी […]

३६ हजार मै जापान उडान

काठमाडौं, १३ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।उक्त […]

बोनम्यारोपीडित पत्रकार शर्मालाई सहयोग जुट्दै

सुर्खेत, १३ साउन । तीन महीनादेखि बोनम्यारोबाट थलिएका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि सहयोग जुट्न थालेको छ । आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र शर्मा कार्यरत पत्रिकाले सहयोगको घोषणा गरेका हुन् । महासङ्घले रु ५० हजार सहयोग प्रदान गर्ने निर्णय गर्नुका साथै सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खाता खोलेर […]

४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

भद्रपुर, १३ साउन । ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा […]

प्रतिनिधिसभाको बैठकमा अवरोध

काठमाडौँ, १३ साउन । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद […]

आहा ! सोदु पोखरी

ताप्लेजुङ, १३ साउन । बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा थाच्यो मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । […]

चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै

जनकपुरधाम, १३ साउन । जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ ।एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी […]

राष्ट्र बैंकको निर्देशनलाई बेवास्ता

nepal-rastra-bank

काठमाडौँ, १३ साउन । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८।६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव […]

दश प्रतिशत रकम खातामा जम्मा गरिने

बेझाड, १४ साउन । निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ । गत वर्षमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका–६ […]

दर्जनौँ बस्ती पहिरोको जोखिममा

मार्तडी, १३ साउन । बाजुरा जिल्लामा आएको लगातारको वर्षाले जताततै पहिरो बग्न थालेपछि जिल्लाका हजारौँ परिवार जोखिममा बस्न बाध्य भएका छन् ।स्थानीयवासीका घरआँगनमै पहिरो बग्न थालेपछि जिल्लाका दर्जनौँ बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई उठीबासको चिन्ता बढेको छ । अविरल वर्षासँगै यहाँका दर्जनाँै बस्तीहरु जोखिममा परेका छन् । नौ वटै स्थानीय तहका जनताले हरेक वर्ष पहिरोको डरले […]