दुई विधेयक टेबुल

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ । टेबुल भएका विधेयकमा ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् । दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौँ, २१ साउन । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । […]

चितवनमा ३१ जनामा डेङ्गु सङ्क्रमण

चितवन, २१ साउन । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का […]

‘पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य’

काठमाडौँ, २१ साउन । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ र? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर प्यान अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा […]

पुरोहितको दक्षिणा रु एक सय एक

चितवन, २१ साउन । माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए […]

सप्तरी–देवघर साइकल यात्रा

सप्तरी, २१ साउन । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ […]

रमाइलोडाँडास्थित पोखरीमा दुई शव फेला

लमजुङ, २१ साउन । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज […]

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

वासिङ्टन, २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको […]

मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी

मापुतो, २१ साउन । मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ । सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको […]

लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

त्रिपोली, २१ साउन । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए। आक्रमणमा ४० जनाभन्दा बढीको […]