शेयर बजार; नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर […]

साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो […]

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै

काठमाडौँ, १६ साउन । काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार गाउँपालिका÷नगरपालिका तथा प्रदेश जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् ।यो समस्याको अब अन्त्य भएको छ । पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

चोरीको मोटरसाइकल सहित तीन पक्राउ

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् । चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र […]

पछिल्लो समय गड्यौला मलमा आकर्षण

गोरखा, १६ साउन । पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको सट्टामा गड्यौला मल प्रयोग गर्न थालेका छन् । विशेषगरी अमिलो जातका फलफूलका बोटबिरुवामा किसानले गड्यौला मल बढी प्रयोग गर्न थालेका हुन् । “कागती, सुन्तला, निबुवालगायत फलफूलको बोटबिरुवामा गड्यौला मल प्रयोग गर्दा फल राम्रो दिने गरेको पाइयो”, पालुङटार नगरपालिका–९ पाण्डेबेसीका कृषक धनमाया थापाले भने, “आफँैले बनाउन […]

वनसम्बन्धी अपराधका घटना घट्यो

लम्की, १६ साउन । कैलाली जिल्लामा वन बिनास र वन्यजन्तु अपराधका घटनामा कमी आएको छ । कैलाली डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले आर्थिक वर्ष २०७५÷०७६ मा चितुवा र बाघको तस्करी शून्यमा झरेको बताए।आर्थिक वर्ष २०७५÷०७६ उक्त कार्यालयमा काठ चोरी निकासीमा संलग्न छ जना पक्राउ परेकामा दुई वटा मात्रै मुद्दा दायर गरिएको उनले जानकारी दिए। […]

मोबाइल चलाउँदा एक किशोरको मृत्यु

विराटनगर, १६ साउन । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस […]

उद्यमी बन्ने युवा खोज्दै नगरपालिका

वालिङ, १६ साउन । रोजगारीका लागि ऋण काढेर भएपनि विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा एउटा स्थानीय तहले भने उद्यमी हुन चाहने युवा खोज्न व्यस्त छ । वालिङ नगरपालिकाले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी गरिरहेको हो । आगामी ९ महीनाभित्र एक हजार युवालाई उद्यमी बनाइने उद्देश्यले […]

युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ, १६ साउन । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ । गुणस्तरीय र व्यावसायिक […]

 एकैरात नेपालगञ्जका नौ पसलमा चोरी गर्ने बालक पक्राउ

धम्बोझी, १६ साउन । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न […]