काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

    वासिङ्टन, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान […]

अमेरिकी अन्यायपूर्ण प्रतिबन्ध प्रति हुवावेको आपत्ति

  बेइजिङ, ३ भदौ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ । चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ । अमेरिकी बाणिज्य […]

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँदिल्ली, ३ भदौ। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो । चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब १०० किलोमिटर टाढा रहेको छ । इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने […]

लाओसमा पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु

बैंकक, ३ भदौ । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । स्थानीय एक प्रहरी अधिकारीका अनुसार उक्त बस सडकबाट चिप्लिएर करिब ३० मिटर गहिरो खोल्सोमा झरेको थियो । उक्त बस पर्यटकीय नगर लुआङ प्रबाङतर्फ ४० जनाभन्दा बढी पर्यटक […]

अतिक्रमणको जोखिममा घोडाघोडी ताल

घोडाघोडी, ३ भदौ । तराई क्षेत्रमा रहेका प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको घोडाघोडी ताल क्षेत्रको संरक्षण गर्न जरुरी भएको छ । दुर्लभ चराचुरुङ्गीले आराम गर्ने शान्त अनि, सुरक्षित बासस्थानको रूपमा रहेको कैलाली जिल्लामा अवस्थित यो ताल क्षेत्र पछिल्लो समय बढ्दो बसाइसराइको चापले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गइरहेको छ । प्राकृतिक सम्पदाको दृष्टिले मात्र हैन […]

सङ्घीय प्रहरी एकाइको भवन निर्माण

पोखरा, ३ भदौ । सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७० हजार २९६ को लागतमा सो भवन निर्माण गरिएको हो ।सोही कार्यालयको हातामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु तीन करोड २५ लाखसात हजार ५८६ को लागतमा […]

Prachanda sees need of talks to resolve of problems caused by river dams

Janakpurdham, Aug 20,  Nepal Communist Party (NCP) chair Pushpa Kamal Dahal ‘Prachanda’ has spoken the need of sitting for dialogues with the Indian side strongly to seek a solution to the issues caused by river dams constructed by India along the Nepal-India border. In a discussion programme organised by the District Disaster Management Committee, Dhanusha […]

आठवर्षसम्म भवन नबनेकामा आपत्ति

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ रु यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी […]