उम्मेदवारी खारेजी विरूद्ध रेशम चौधरीले गरे सर्वोच्चमा रिट दायर

काठमाडौँ । रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । शुक्रबार उनले सर्वोचचमा रिट दायर गरेका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उनकाे निर्वाचन आयोगले बिहीबार उम्मेदवारी खारेज गरेकाे थियाे ।

सो रिटको माघ ११ गतेका लागि पेसी तोकिएको छ ।