काठमाडौ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि बढ्दै गएपछि नेपाली सेनासहितका अन्य सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गर्ने तयारी भएको छ।
नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको बहानामा केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिलाई अत्यधिक क्षति पु¥याइरहेको जनाउँदै यस्ता गतिविधि नगर्न कडा अपील गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधि नरोकिए नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायले नेपाल र नेपालीको सुरक्षाका लागि स्थायी नियन्त्रण गर्न २०८२ भदौ २४ गते राति १० बजेदेखि प्रतिवद्ध रहनेछ।”
सुरक्षा निकायको साझा प्रयासमार्फत मुलुकमा शान्ति र स्थिरता कायम गर्न नागरिकको सहयोग आवश्यक रहेको भन्दै सेनाले राष्ट्रप्रेमी नागरिकलाई अपिलसमेत गरेको छ।
सुरक्षा परिस्थिति अनुसार पुनः मूल्यांकन गरी थप जानकारी दिइने नेपाली सेनाले बिज्ञप्ति मार्फत जनाएको छ।
यस अघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रकाे नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई औपचारिकरुपमा वार्ताको लागि आह्वान गरेका थिए ।







