काठमाडौ । शनिबार राति दुबईको ६७ तले भवन टाइगर टावर (प्रसिद्ध Marina Pinnacle) मा भीषण आगलागी भएको समाचार छ।
आगलागी रातको करिब ९:३० बजे सुरु भएको थियो र अग्नि नियन्त्रण तथा उद्धारमा Dubai Civil Defence र अन्य आपत्कालीन टोलीहरू सक्रिय थिए।
आगलागीको सायमा भवनमा करिब ३,८२० मानिस बसोबास गरि रहेका थिए, सबैलाई सुरक्षित अवस्थामा निकाल्ने काम सफलतापूर्वक सम्पन्न गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
आगो निभाउनसमेत करिब छ घण्टा लागेको थियो, र प्रारम्भिक समाचार अनुसार कुनै मानवीय क्षति भएको छैन ।