भिषासम्बन्धी सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टको १८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौंको धोवीधारास्थित गुडविल कन्सल्ट प्रा. लि.ले संचालनको १८ औ बसन्त बिताएको छ । बिहीवार गुडविलले आफ्नो १८ औं बार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक प्रविण शाहीले शैक्षिक भिषाका साथै बिभिन्न भिषासम्बन्धी परामर्श, आवेदन र डकुमेन्टेशन लगायतको सेवा प्रवाह गर्दै आएको गुडविलले पेशागत इमान्दारिता र पारदर्शिता प्रदर्शन गरी सेवाग्राहीको मन जित्न सफल भएको जिकिर गरेका छन् । पुतलीसडक जस्तो कन्सल्टेन्सीको भीडभाड भएको स्थान भन्दा टाढा कुमारीहल नजिक धोबिधारा मार्गमा रहेर पानि सफलताको १८ बर्ष पुरा गर्नु सन्तुष्टिको विषय भएको शाहीको भनाइ छ । आफना सन्तुष्ट सेवाग्राही नै आफूहरुको सम्पत्ती भएको भन्दै उनले सेवाको गुणस्तरीयतामा थप वृद्धि गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

१८ औ बार्षिकोत्सव कार्यक्रममा गुडविलको सिंगो टिमसंगै विभिन्न संस्थाका प्रतिनिधिहरु, आवेदकहरु, पत्रकारहरु तथा सल्लाहकार एवं शुभचिन्तकको सहभागिता रहेको थियो ।

Loading...