महालेखा परीक्षकको प्रतिवेदनमा के छ : हेर्नुस् पूर्णपाठ

काठमाडौं, १ बैशाख २०८० । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सरकारको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ बराबरको लेखा परीक्षण गरेको थियो । त्यसमध्ये १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।

संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड रुपैयाँ, प्रदेशको ७ अर्ब २० करोड रुपैयाँ र स्थानीय तहको ४२ अर्ब ८८ करोड रुपैयाँ र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

स्क्रोल गरेर हेर्नुहोस् महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन

Loading...