अर्घाखाँची जिससमा २५ वर्षपछि एमालेको ‘क्लिनस्वीप’

अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ ।

अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ ।

Loading...