मेलम्ची खानेपानीको मुल ढोका बन्द , वितरण समय तालिकासमेत हेरफेर

जेठ १७, काठमाण्डौं । मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्बी खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भए संगै सुरुङ भित्र ढुंगा ,माटो बालुवा मिस्रित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मुल ढोका बन्द गरिएको हो । पनि संगै  ढुंगा ,माटो /बालुवा सुरुङमा प्रवेश गर्दा हुनसक्ने क्षति लाइ मध्यनजर गरि मुल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मुल ढोका बन्द गरिएसँगे महाँकाल चौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ । नेपाल सरकार , खानेपानी मन्त्रालयले मेलम्बी मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ । बन्द गरिएको सुरुङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्बीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत १ ९ वैशाखबाट पानी सुरुङमार्गमा पठाइएको थियो । 

Loading...