५० रोपनी जग्गा कौडीको भाउमा भाडा दिएको  त्रिभुवन पार्कको जग्गा छानबिन गर्न समिति बन्यो

मन्त्रीपरिषद्ले मात्र उक्त जग्गा भाडामा लगाउन पाउने सरकारी जग्गामा प्रतिष्ठान आवद्द पदाधिकारीको मनोमानी

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगपालिका स्थित त्रिभुवन पार्कको ५० रोपनी जग्गा बर्षौ देखि  कौडीको भाउमा भाडामा दिएको बिषय छानबिन गर्न समिति बनेको छ  ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन सचिव विनोद भट्टराईको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनेको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बताउनु भयो  । 

त्रिभुवन पार्कको मुख्य आकर्षणको रुपमा रहेको ५० रोपनी जग्गा श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई प्रतिष्ठानले कौडीको भाउमा भाडामा लगाएको हो । मन्त्रीपरिषद्ले मात्र उक्त जग्गा भाडामा लगाउन सक्नेमा त्रिभुवन पार्कको उक्त जग्गा कौडीको भाउमा निजी कम्पनीमा भाडामा लगाउँदा शहीद स्मारक प्रकृति प्रतिष्ठानले आफूखुसी निर्णय गरेको सरोकार वालाको भनाइ छ । यो प्रतिष्ठानले सरकारसँग स्वीकृति लिएको प्रमाण पेश गर्न समेत नसकेको प्रमम्भिक अनुसन्धानले देखाएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण बिरुद्द खनिदै आएका पर्यटनमन्त्री श्रेष्ठ आफ्नै मन्त्रालयसँग जोडिएको त्रिभुवन पार्कको जग्गा अनुमतिबेगर शहीद स्मारक प्रकृति प्रतिष्ठानले भाडामा लगाएको सुचना पाएलगत्तै एक्सनमा उत्रेकाहुन्  ।

गठित समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयका प्रतिनिधि रहेका छन् । छानबिन समितिले आजैबाट काम थाल्ने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

 

Loading...