न्युजिल्याण्ड पठाईदिन्छु भनि ३० लाख रकम लिई सम्पर्क विहीन हुने ब्यक्ति पक्राउ

काठमाडौँ   ।  न्युजिल्याण्ड पठाईदिन्छु भनि ३० लाख रकम लिई सम्पर्क विहीन हुने ब्यक्ति पक्राउ परेको छ  ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबात खटिएका प्रहरीले प्रलिभन देखाई रकम लिई फरार रहेका विकास भट्टराई खत्रीलाइ ठगि गरेको आरोपमा आज स्युचातार बात पक्राउ गरेको हो ।  पक्राउ रेका खत्रीले क्तपुर ठिमी बस्ने विकास जोशी र  २७  अमृत चन्दलाई वर्किङ भिषामा न्युजिल्याण्ड जान प्रति ब्यक्ति १५ लाख लाग्ने , न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा  कम्तिमा मासिक २लाख ५० हजार  तलब हुने प्रलोभन देखाई  दुवै जना संग गरि जम्मा ३० लाख रकम लिएको खुलासा भएको छ  । 

पिडितको उजुरी पछी वैदेशिक रोजगार विभागबाट  पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार गरेको आधारमा पक्राउ गरि निजलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको अपराध अनुसन्धान कार्यालय जनाएको छ  ।  

Loading...