पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ

बैशाख २९ ,काठमाडौँ –   मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले आज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...