ऐतिहासिक कमलपोखरी उद्घाटन भयो , गुरुयोजनाअन्तर्गत काम दोस्रो चरणको काम हुने

चैत २ ,काठमाडौँ – ऐतिहासिक सम्पदा मलपोखरी उद्घाटन भएको छ ।

गुरुयोजनाअनुसार २ चरणमा पुननिर्माण भएको कमल पोखरीको पहिलो चरणको काम सम्पन्न भए पश्चात आज काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्य तथा उप मेयर हरिप्रभा खड्गी श्रेष्ठले विधिवत उत्घाटन गर्नु भयो ।   

पोखरी उद्घाटनपछि मेयर शाक्यले  स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुननिर्माण गरेको बताउनु भयो । पोखरीमा सबैले स्वामित्व बोध गर्न सक्नुहोस् भन्ने हाम्रो अपेक्षा बमोजिम सफल महसुस भएको बताउदै सम्पदा पुननिर्माण गर्दा मौलिकता विग्रिन दिनु हुँदेन भन्ने मान्यता राखी पुनः निर्मा गर्दा  बलियोपन, सुरक्षा र उपयोगका लागि केही आधुनिक सुविधा पनि थप्नु पर्छ भन्ने सल्लाह बमोजिम पोखरी निर्माण भएको बताउनु भयो । 

यसै गरि उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठले धेरै जग्गा भएका ठाउँमा ठूलो र थोरै जग्गा भएका ठाउँमा सानै भए पनि पार्क बनाउने नीतिअनुरुप पार्क निर्माण भइरहेको बताउनुभयो । ‘भित्री सहरी क्षेत्रमा बल गर्दा पनि पार्क बनाउन सकिँदैन । त्यहाँ जग्गा नै पाइँदैन । यो अवस्थाबाट सिकेर बाहिरी वडाहरु जहाँ जग्गा छ । त्यहाँ पार्क बनाउने योजना कार्यान्वयन भइरहेका छन् ।’ उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।

पोखरी पुननिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि महानगरले ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ ८१ पैसा लागत अनुमान गरेको थियो । यसका आधारमा गरिएको खुल्ला प्रतिस्पर्धाबाट धनञ्जय कंडेल जे. भि. रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको थियो ।

२०७७ असार १५ गतेभित्र पुननिर्माण पूरा गर्ने मुख्य शर्तका आधारमा निर्माण पक्षलाई महानगरले ०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोविड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुननिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो ।

पोखरी वरिपरि ठूला—ठूला ढुंगा छापिएका सिंढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने ४ ओटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न पुग्न कलात्मक सिँढीहरु बनाइएका छन् । कमल रोप्नका लागि ४ कुनामा साना—साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौताराहरु बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य ३ कुनामा प्रवेश द्वार बनाइएको छ ।

 

Loading...