स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण

चैत २ काठमाडौँ – स्रष्टा तुल्सीहरि प्रजापतिका तीन कृति एकैपटक लोकार्पण भएको छ ।  मध्यपुर स्थित शंखधर चोकस्थित थिमि बैंक्वेटमा हरिसुन्दर लाखे र रोशन भासिमाले बनाएको सांगीतिक माहौलका बीच आज एक कार्येक्रम बीच  स्वनिगःया पलेस्वां, मेरो प्यारो मध्यपुर थिमि र अनबिटेबल नामक तीनवटा कृति लोकार्पण भएको हो  । 

झर्दा रमाइलो, चढ्दा रमाइलो, थिमिको उकालो ।

एकातिर वनदेवी छ, ज्ञानको मन्दिर पनि ।

अर्कोतिर शंखधर पार्कको भीर पनि ।

सुन्दा रमाइलो, हेर्दा रमाइलो, थिमिको उकालो ।

 स्रष्टा तुल्सीहरि प्रजापतिले गाउनुभएको गीतमा उहाँकै छोराहरु जलज र तुलजले साथ दिएका थिए ।  प्रजापतिकै तीन कृति एकैपटक लोकार्पण गरिएको कार्यक्रम साँच्चै हेर्न लायकको थियो ।
प्रजापति परिवारले रौकन मात्र थपेनन् बरु सहभागी सबैलाई मन्त्रमुग्ध युक्त का र्यक्रममा मध्यपुर थिमिसँग सम्बन्धित भनाइहरुको विषयमा समेत चर्चा गरिएको थियो ।

‘कामकुरो एकातिर कुम्लो बोकी थिमितिर ।

मरेको बिरालो काखी च्यापी थिमिको उकालो चढ्नु ।

थिमिलेको नाकैमा दम ।’

यी प्रयुक्त भनाइहरु नयाँ होइन ।  स्थानिय भनाइलाई लेखक तारानाथ शर्मादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटाले बहुदलीय प्रजातन्त्र पश्चात् राष्ट्रियस्तरमा प्रचार गरे । साहित्य आफैमा यस्तो सशक्त माध्यम हो जसले एउटै विषयलाई सकारात्मक वा नकारात्मक रुपमा सन्देश प्रवाह गर्ने ल्याकत राखेको हुन्छ । उल्लेखित भनाइहरुले थिमिको नकारात्मक पक्षलाई इँगित गरेकोप्रति स्थानियहरु असन्तुष्ट छन् । सोही नकारात्मक पक्षलाई स्रष्टा तुल्सीहरि प्रजापतिले आफ्नो कृति ‘मेरो प्यारो मध्यपुर थिमि’ मार्फत सकारात्मक सन्देश दिन खोजको देखिन्छ ।
हुनपनि मध्यपुरको सम्पदा, संस्कृति तथा पर्यावरण बेजोडको छ । तर कतिपय लोप भइसकेका र संकटमा रहेका मूर्तअमूर्त सम्पदालाई संरक्षण गरेको दृष्टान्त प्रजापतिले कृति सार्वजनिक उजागर गरेका छन् । नेपालभाषा, नेपाली र अंग्रेजी गरी तीनवटै भाषामा श्रृजना गरिएका कृतिलाई लोकार्पण पश्चात् बजारमा ल्याएको छ ।
कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले स्रष्टाको सिर्जनाले मध्यपुरको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रजापतिको कृतिमा संलग्न रहेको गीतलाई राष्ट्रिय गान जस्तै स्थानिय सरकारको लागि नगर गान बनाउन सकिनेतर्फ उहाँले संकेत गरे ।
निश्चल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भजन गुरु तुल्सीबहादुर प्रजापति, उपमेयर अञ्जनादेवी मधिकर्मी, दिनेश चापागाई, लक्ष्मी श्रेष्ठ, समालोचक कृष्णमोहन जोशी लगायतको सहभागिता थियो ।