नेपाल सम्बतको महत्व ऐतिहासिक रुपमा बढेर गएको प्रधान मन्त्री देउवाको बिश्वास

कार्तिक १९,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ ।

नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा न्हूदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको छ ।

जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास लिएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुँदै कोरोना भाइरसबाट मुक्त हुने चाहना व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधान मन्त्री देउवाले नेपाल संवतको नयाँ क्यालीन्डर बिमोचन तथा शंखधरको प्रतिमामा माल्यार्पण गर्नु भएको थियो।

कार्यक्रममा काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले नेपालमा सम्पूर्ण मौलिक चाड पर्वहरु नेपाल संवतको तिथि मितिको आधारमा तय हुने भएको ले यो संवतलाई नेपालको मुख्य सम्बतको रुपमा प्रचलनमा ल्याइनु पर्ने बताउनु भयो।
यसै गरि नेपाल भाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले राष्ट्रिय शंखधर शाख्वाः र नेपाल सम्बतसम्बन्धि आफ्नो नयाँ कविता वाचन गरेर आफ्नो धारणा राख्नुभयो ।

समारोहका संयोजक निरञ्जनरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
समारोहमा प्रधानमन्त्री देउवाले नेपाल सम्बत ११४२ को भित्रे पात्रो विमोचन पनि गर्नुभयो ।

काठमाडाैंमा भाग लिनुअघि प्रधानमन्त्री देउवा ललितपुर र मध्यपुरथिमिमा भएकाे विशेष शुभकामना समारोहमा उपस्थित हुनुहुन्थ्याे ।
नयाँ बर्ष नेपाल सम्बत्  न्हूदँको उप्लक्षयमा विभिन्न संघ सस्था , जातीय सस्था लगाएत आम सर्व साधारणले परम्परागत बाजा गाजा , मौलिक भेषभुषामा र्याली निकालिएका थिए।

 

Loading...