मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले भोलि बिस्वासको मत लिदै, एमाले सत्ता ढल्ने भएपछी गठबन्धनको आफ्नै तैयारी

काठमाडौँ । पार्टी बिभाजन पछि विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाका कारण बागमती र एक नम्वर प्रदेशका मुख्य मन्त्रीले विश्वासको मत लिने तैयारी गरेका छन्। बागमती प्रदेशकी मुख्मंत्री अष्ट लक्ष्मी शाक्यले भोलि आइतबार विश्वासको मत लिने भएकी छिन।
मुख्यमन्त्री शाक्यले पेश गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्ष्मा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम (१) बमोजिम प्रदेश सभाबात विश्वासको मत प्राप्तगर्ने सम्वन्धि प्रश्ताव पेस गर्न सुचना दिइएको उल्लेख । शाक्यले विश्वासको मत लिने तैयारी स्वरूप आइतवार प्रदेश सभाको हिउदे अधिवेसन बोलाउन प्रदेश प्रमुख यादव शर्मा समक्ष सिफारी गरेको छिन।
उता प्रदेश १ मा मुख्मंत्री भिम आचार्यले भने दशैँ पछि मात्र विश्वासको मत लिने तैयारी छ । एमालेको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले आइतबार मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ।
निर्वाचन आयोगको प्रदेश एक कार्यालयले भने २७ भदौमा एमाले विभाजको पत्र बुझाएको थियो। तर २६ असोज पछि दसैँ बिदा परेको कारण प्रमुख आचार्यले दसैँ पछि कार्तिक पाँचमा मात्र विश्वासको मत लिने तैयारी गरेका हुन्।
मुख्य मन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तिस दिन भित्र मुख्य मन्त्रीले विश्वाशको मतका लागि र प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक ब्यबस्था छ। दुवै प्रदेश सरकार अल्पमतमा परे पछि संवैधानिक व्यवस्थाका कारण विश्वासको मत लिन लागिएको हो।
दुवै प्रदेशमा एमाले एक्लै छ । एमाले सरकार ढल्ने निश्चित भए संगै केन्द्रमा बनेको सत्ता गठबन्धन दलहरुले प्रदेश सरका गठन गर्ने तैयारी बढाएको छ।
तत्कालिन ( नेकपा ) हुँदा प्रदेश नम्बर दुइ बाहेक ६ वटै प्रदेशमा एमाले सरकार थियो।
सर्वच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच भएको एकतालाई अवध भन्दै पूर्ववत अवस्थामा फर्की दियो। त्यसपछि एमालेले नेतृत्व गरेको गण्डकी र लुम्बिनी प्रदेशको नेत्रत्व जुमायो भने कर्णालीमा माओवादी नेतृत्वको सरकार बचौं आफ्नै सांसदले रगनितिक वलिदान गरे।

एमाले विभाजन संगै संघीय सरकार गुम्यो भने बाँकी रहेको बाज्मति र १ नम्बर प्रदेश को नेतृत्व पनि गुमाउदै छ। मतदाताले पाँच बर्षको लागि सत्ता राजनीतिबाट बिदा दिएको नेपाली कांग्रेस कम्युनिष्टहरुका बीचको बिभाजन संगै सत्तामा पुग्यो। अहिले कांग्रेसको संघ र गण्डकी प्रदेशमा नेतृत्व छ। आलोपालो सहमति अनुसार छिटै कर्णाली प्रदेशमा पनि नेतृत्व लिदै छ,र चार महिना पछि लुम्बिनीको पनि
बागमती र एक नम्बर प्रदेशमा एमालेको एकलौटी सरकार थियो। पार्टी बिभाजन संगै दुवै प्रदेशको नेतृत्व पनि एमाले गुमाउने तफ नजिकिएको छ।नेता माधव नेपालले नेकपा एकिकृत समाजवादी बनाए संगै यी दुवै प्रदेश सरकार अल्पमतमा परेका छन्।

Loading...