दसैमा घर जाने यात्रुलाई नागढुंगा देखि घन्टौ जामको सास्ती

काठमाण्डाै। काठमाण्डौको नागढुङ्गा नाका भएर बाहिरिने यात्रुले सवारी जामका कारण निकै सास्ती भोग्नु परेको छ। दुइ लेनमात्र सवारी संचालन भैरहेको धादिङको सिस्नेखोला सडक खण्ड प्राय चौबिसै घण्टा सवारी जाम रहदा महान चाड दसैँ मनाउन उपत्यका छाड्ने यात्रुले सास्ती भोग्नु परेको हो।

खानीखोला प्रहरीका अनुसार यसै सडकमा काठमाडौँ – नागढुंगा सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो बाटोमा सवारी साधन बाटैमा बिग्रिदा अधिकतम सवारी जाम हुने गरेको छ।
ठुल्ठुला मालवाहक तथा यात्रु वाहक सवारी साधन उपत्यका भित्रिने मुख्य यो नाका वर्षाको समाएका सामान्य पानी पर्दा कहिले पुरै बन्द त कहिले एकतर्फी सवारी संचालन हुने गर्दा गाडीको लाम नागढुंगा १० देखि १५ किलोमिटर सम्म पनि हुने गरेको छ ।

 

Loading...