बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापन नहुने

काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनला लागि तयार गर्दै गरेको बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ ।
सहरी विकस तथा भवन निर्माण विभागले बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन गर्न पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी महानगरलाइ दुई हप्ता बढी भन्दा अगाडी नै दिएको थियो । तर स्थानीय जनताले निर्माण भएको यो संरचना बैज्ञानिक नभएको र हाल फोहर ब्यबस्थापन गरिदै आएको सिसडोल भन्दा भयावह हुने भन्दै बिरोध गर्दै आएको छ।

 

-स्थानिको बासि सनत उप्रेती भन्छन ‘ काठमाडौँ महानगर पालिकाको दवाबमा भवन विभागले केहि संरचना तयार परेको छ तर फोहर फाल्न तयार भएको छैन र पछि हामी जिम्मेवार हुने छैनौ भनेका छन्। येही अवस्थामा फोहर फ्याक्ने हो भने सिसडोल भन्दा भयानक हुने पक्का छ। जनताको मुद्दा कताहो कता आफ्नै ढंग बात काम गरिरहेको छ। सिसडोलमा बिगतमा जनता संग सहमत गरे बमिजिम कार्यान्वयन भए फोहर बन्चरे आउन बरवरण बन्ला अन्यथा हुन् हामी ब्यापक बिरोध गर्ने नै छौ। साइटको पूर्वाधार राम्रो नौ नबन्दा भवन विभागले काठमाडौँ महानगरलाई लिखित रुपमा पछि भैपरी आउने समस्याको जिम्मेवार स्व्येम आफै हुने छ भनि दिइ सकेका छन्। सफल र प्राविधिक रुपमा यो बनेकै छैन , हाम्रो माग भनेकै २० बर्ष देखि दुख झेली रहेका जनता सम्मिलित अधिकार सम्पन्न समिति हो। फोहरलाइ उद्योग को रुपमा बिकास गर्नु पर्यो मानिस बस्न लायेकको वैज्ञानिक पद्दति अपनाइनु पर्यो। ’
महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले निर्माणको काम सम्पन्न नभएको र स्थानीयवासीका केही मागका विषयमा थप छलफल गर्नुपर्ने भएकाले उक्त स्थानमा तत्काल फोहर व्यवस्थापन गर्न नसकिने बताए।
गएको आइतबार स्थानीयवासीले गाउपालिका अध्क्षय स्थानीय जनप्रतिनिधि सरोकारवाला निकाय सम्मिलित अन्तरक्रिया कार्येक्रम समेत गरेका छन्।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिंग छत्रे देउराली धुनु वेशी बञ्चरेमा बन्दै गरेको ल्याण्ड फिल साइतको पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको भवन बिभागका कर्मचारीले बताएता पनि स्थानीय यो मान्न तयार छैनन्। संगै बनाउने भनिएको दोश्रो ‘सेल’ को निर्माणको थालनी कहिले हुने हो निश्चित भएको छैन। फोहर बात निस्किने तरल प्रदार्थ लिच्चद जम्मा हुने ट्यांकी निर्माण भैसके पनि फिल्टर प्लान भने अलपत्र नै रहेको छ।


सिसडोलमा वि सं २०६२ मा दुई वर्षका लागि मात्र फोहर विसर्जन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । हाल फोहरले भरिसकेको यस स्थान सम्म जान साना सवै साधन जान सक्ने अवस्था छैन। निकै दुर्गन्धित सिसडोल पुग्ने स्थानमा ३०० भन्दा बढी घर रहेका छन् । स्थानिय साइलो बहादुर बलामी भन्छन ‘ स्वग जस्तो हाम्रो गाउ अहिले नर्क भन्दा कम छैन ’


उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ ।

हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।
वर्गीकरण नगरीएका यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर-ट्रक ककनी गाउँपालिका– २ को सिसडोल पुग्छन्। काठमाडौं, ललितपुर, भक्तपुरसहित १८ वटै पालिकाको फोहोर यहाँ पुग्ने गरेको छ ।