राष्ट्रिय ह्यान्डबल टोलीकी खेलाडी बनिन् नेपाली सेनाको हुद्दा

 नेपाली महिला राष्ट्रिय ह्यान्डबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबकी खेलाडी शारदा बिश्वकर्मा हुद्दा (हवल्दार)मा बढुवा भएकी छन् ।
 
उनलाई मंगलबार श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महा सेनानी शसि किरण रायमाझीले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरिन् ।
 
उनको साउनमै हवल्दारमा बढुवा भएपनि उनले मंगलबार मात्रै हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
 
रुकुम बाफ़िकोट स्थायी घर भएकी शारदा बि.स २०६९ मा नेपाली सेनामा प्रवेश गरेकी थिइन् । त्यसपछि उनीको प्युठ हुदै अमल्दारमा बढुवा भएको थियो । आर्मीमा भर्ना भए लगत्तै उनी आर्मीको महिला ह्याण्ड बल टोलीसँगै नेपाली राष्ट्रिय महिला ह्याण्ड बल टोलीमा पर्न सफल भएकी थिइन् । २९ वर्षीया शारदाले २०७० साल देखि हालसम्म ८ वटा राष्ट्रिय खेल खेली सकेकी छन् । उनले राष्ट्रिय टोलीबाट सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) समेत खेलीसकेकी छन् । उक्त सागमा नेपाली महिला ह्याण्डबल टोलीले नेपालललाई रजत पदक दिलाएको थियो । उनले आर्मीको महिला ह्याण्ड बल टोलीबाट पनि दर्जन बढी उपाधि हात पारेकि छन् ।
 
 
 
 
 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Loading...