विद्यालय शिक्षा प्रवर्तकका रुपमा महानगरका प्रमुख उपप्रमुख सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज विद्यालय शिक्षा प्रवर्तकका रुपमा सम्मानित हुनुभएको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘विद्यालय व्यवस्थापन समाज’ ले उहाँहरुलाई सम्मान गरेको हो ।
सम्मान पत्रमा स्थानीय भाषाका रुपमा नेपाल भाषाको अध्यापन अनिवार्य गर्ने प्रवर्तकका रुपमा अभिनन्दन गरिएको उल्लेख छ । यसै गरी महानगरले विद्यालयहरुको भौतिक, वातावरणीय र शैक्षिक सुधारका लागि गरिएको कामहरु उल्लेख गरिएको छ ।
सम्मान ग्रहण गरिसकेपछि बोल्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि महानगरले लगानी बढाएको उल्लेख गर्नुभयो । यो खर्च होइन, लगानी हो । निश्चित समयपछि यसबाट प्रतिफल आउन थाल्नेछ । प्रमुख शाक्यको भनाइ छ ।
‘अहिले गरिएका कामलाई क्रमशः बढाउँदै लैजानु पर्छ । आशा रोकियो भने विकास पनि रोकिन्छ । अहिले कामको थालनी भएको छ । यसलाई विस्तार गर्दै जानुपर्छ भन्नेमा सबैको सोच हुनुपर्छ ।’ शाक्यले थप्दै भन्नुभयो, ‘अरुको आलोचनामा समय खर्च गर्नुभन्दा आअरुको आलोचनामा समय खर्च गर्नुभन्दा आफ्नो स्तर सुधार गर्नमा समय खर्च गर्नुपर्छ । मलाई आशा छ । काठमाडौँ महानगरका सामुदायिक विद्यालयको स्तर सुधार भएर संस्थागत विद्यालयसँग तुलना गर्ने होइन । त्योभन्दा माथिको अवस्थामा पुग्नेछन् ।’ स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषाको अध्यापन शुरुवातको सन्दर्भमा प्रमुख शाक्यले, यो निर्णय काठमाडौँ महानगरका सबै जनप्रतिनिधिको सामुहिक र सर्वसम्मत निर्णय भएकोले विषयलाई पक्ष वा विपक्षका कोणबाट हेर्न नहुने उल्लेख गर्नुभयो । हामी सहरी विकास र सुविधा वितरणका क्षेत्रमा काम गर्ने सबैको शिर उच्च हुने काम गर्छौँ । कसैले शिर झुकाएर हिँड्नु पर्दैन । प्रमुख शाक्यको भनाइ थियो ।
सम्मानपछिको प्रतिक्रियामा उपप्रमुख खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नेपाल भाषासँग जोडिएकाले यसलाई जोगाउन नेपाल भाषी अभिभावकले आफ्ना सन्तानलाई भाषा सिकाउनु पर्ने बताउनुभयो । ‘महानगरले स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषा अध्यापन थालनी गरेको छ । यो रोकिँदैन । वरु विस्तार भएर जान्छ ।’ उहाँको भनाइ थियो ।
कार्यक्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, सामुदायिक विद्यालयहरु प्रतिस्पर्धी हुँदै गएको उल्लेख गर्नुभयो भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले, थालिएका कामबाट उचित प्रतिफल लिन शिक्षक प्रोत्साहनका काम गर्दै जानु पर्ने खाँचो देखाउनुभयो । त्यस्तै शिक्षा अधिकृत मोतीराज खनालले, महानगरको नेतृत्वले शैक्षिक सुधारका लागि लिएको नीति कार्यान्वयनका लागि विभागले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष एवं प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठ, ज्ञानोदय मा. वि. का प्रधानाध्यापक नातिकाजी महर्जन, विश्व निकेतम मा. वि. का प्रमुख हेरम्बराज कँडेल, भक्त विद्याश्रम मा. वि. का प्रधानाध्यापक सुदर्शन कट्टेल, सरस्वती निकेतन मा. वि. का प्रधानाध्यापक रविना महर्जनसहितका वक्ताले महानगरले विद्यालय शिक्षाका लागि गरेको लगानीबाट आफूहरुले शैक्षिक सुधारका लागि संरक्षण प्रदान महसुस भएको धारणा राख्नुभएको थियो । महानगरले सामुदायियक विद्यालयहरुमा एउटै पहेँलो रङ्ग लगाइदिएको छ । भित्तामा महावाणी लेखन भएको छ । हरित विद्यालय कार्यक्रमले वातावरणीय क्षेत्रको सुधारमा सघाउ पु¥याएृको छ ।
एव वडा, एक नमूना विद्यालय, स्टिम शिक्षाअन्तर्गत आविष्कार क्लवको थालनीले विद्यार्थीहरुमा सकारात्मक परिवर्तन आउन थालेका छन् । प्रधानाध्यापकहरुले भन्नुभयो, ‘महानगरले स्थानीय नेपाल भाषाको पाठ््यक्रम र त्यसका आधारमा पाठ््यपुस्तकको व्यवस्था गरेको छ । यसको अध्यापनका लागि तालिम दिएर प्रशिक्षक उत्पादन गरेको छ । यसप्रकारको स्थानीय भाषाकोमाध्यमबाट काठमाडौँका मूर्त अमूर्त सम्पदा, परम्परा र सांस्कृतिक एवं प्राकृतिक वस्तुस्थितिको ज्ञान पुस्तान्तरण गर्नु अनुकरणीय काम हो । महानगरको नेतृत्वले लिएको लक्ष्यलाई पूरा गर्न हामी प्रतिवद्ध भएर काम गर्नेछौँ ।’
त्यस क्रममा विद्यालयका शिक्षकहरुलाई महानगरको लोगो अङ्कित परिचय पत्र प्रदान गर्नु पर्ने, त्रैमासिक वा चौमासिक तलव निकासालाई मासिक बनाउनु पर्ने, क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत धारणालाई मागका रुपमा राखिएका थिए ।

 

Loading...