नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त

पद मुक्त हुनेहरुमा दुई मेयर र पाँच उपमेयर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि पद मुक्त रिक्त भएका छन् । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेपछि निर्वाचन आयोगले आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ।

२०७४ सालको चुनावमा केन्द्रकोतर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरि एमालेमा प्रवेस गरेका कारण उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको जानकारी सहित पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

आयोगले द्वारा जारि गरेको पद रिक्त रहेको सुचनामा कारबाही भएकाहरु मध्ये दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधि रहेका छन्।

Loading...