मन्त्री श्रेष्ठले पाँच मन्त्रालयको कार्यभार सम्हाल्ने

 

काठमाडौँ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्दै आउनु भएका कृष्णगोपाल श्रेष्ठले युवा तथा खेलकुदसहित ५ मन्त्रालयको थप जिम्मेवारी सम्हाल्ने भएका छन् । सर्वोच्च अदालतले मंगलवार २०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना विपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न आदेश पछि जिम्म्व्वारी बाट मुक्त भएका २० मन्त्रीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई तोकिएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार श्रेष्ठले युवा खेलकुद, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा समाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्नेछन् । प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्रको समेत कार्यभार तोकिएको छ ।

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ, गृहसहित ५, बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार तथा यातायातसहित ५ मन्त्रालय तथा लिलानाथ श्रेष्ठले कानुनसहित ६ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

Loading...