प्रभु साह पक्षका र चार दलका कार्येकर्ता बीच रौतहटमा झडप

पुर्व मन्त्री प्रभु साहका कार्यकर्ता र नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको छ। रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा प्रमुख अतिथिको रुपमा उपस्थित रहेको कर्र्येक्रम स्थलमा झडप भएको हो । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिनको लागि करिब कैयौं राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियेंत्र गर्न बल प्रयोग गरेको छ । सो क्रममा प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले बताएको छ ।

पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावका बीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ । झडपमा ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर छ ।

Loading...