जर्ज फ्लोइडको हत्या अभियोगका दोषी ठहर पूर्व प्रहरी अधिकारीलाई साढे २२ वर्षको जेल सजाय

बिश्वलाइ नै स्तव्ध गराएको अमेरिकी नागरीक जर्ज फ्लोइडलाइ एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा थिचेर हत्या गरेको बिषय अहिले पनि रंगभेदमाथि गरिएको अविस्मरणीय चरम अपराधको रुपमा मानिएको छ। सो घटनाका मुख्य अभियुक्त तथा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

विपक्षका वकिलको बहस र साछी तर्फका ४५ जनाको बयानमा १४ सुनुवाई पश्चात जुरीले दुई महिना पहिले आफ्नो निर्णय तयार पारेको थियो । पूर्व प्रहरी अधिकारी चोभनले गरेको यो घटनालाई जुरीले सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा उनलाई दोषी ठहर गरि शुक्रबार न्यायाधीशले सुनाएका हुन् ।

अदालतले शुक्रबार अभियुक्त चोभनलाइ जेल हुने सजाय सुनाएका हुन् । प्रहरी अधिकारीको पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोइडप्रति गरिएको क्रूद मानसिकता र मानवताबिरुद्द निर्ममता प्रदषित गरेको आधारमा चोभनलाई सजाय तोकिएको बताएको छ ।

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा गएको बर्ष प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरी अधिकारी डेरेक चोभनले घुँडाले घाँटीमा थिचेर गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोइडको निधन भएको थियो ।

पक्राउको क्रममा ४५ वर्षे श्वेत प्रहरी अधिकारी (तत्कालीन) चोभनले फ्लोइटको घाँटीमा ९ मिनेट भन्दा बढि थिचेको र फ्लोइटले ‘आइ कान्ट ब्रिथ’ भनेको भिडियो सार्वजनिक भएको थियो ।

रंगभेद र प्रहरी ज्यादती विरुद्धघटनालाइ लिएर अमेरिकासहित विश्वभर व्यापक प्रदर्शन भएको थियो ।

चोभनलाई हिंसात्मक अपराधिका रुपमा दर्ता गर्न र जीवनकाल भर बन्दुक (फायरआर्म्स) लिन नपाउने फैसला पनि अदालतले गरेको छ ।

राष्ट्रपति जो बाइडेनले सजाय ‘पर्याप्त’ देखिएको तर आफूलाई सम्पूर्ण विवरण जानकारी नरहेको स्वीकार गरेका छन् ,भने फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

Loading...