निषेधाज्ञाको समयमा जरुरी काममा निस्कनेलाई पास नचाहिने ( सुचना सहित )

 

काठमाडौं। निषेधाज्ञाको समयमा जरुरी काममा निस्कनेलाई पास नचाहिने भएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले बिहिबार सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्।

जारि भएको सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन,सरकारी र सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन।

सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। 

Loading...