विप्लव नेकपा नेता , जनवादी गायक माइला लामा रिहा

विप्लव नेतृत्व नेपाल कमिनिष्ट पार्टी  केन्द्रीय सदस्य माईला लामा धरौटी बुझाएर आज रिहा हुनु भएको छ । सरकार र नेकपा बीच फागुण २१ गते भएको तीन बुदे सहमति अनुसार सरकारले मुद्धा फिर्ता नलिए पछि लामो समयदेखि संखुवा सभा कारागारमा रहेका नेकपाका केन्द्रीय सदस्य माईला लामा धरौटी बुझाएर रिहा भएका हुन् ।

 नेकपा  उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए । 

केपी ओली–प्रचण्ड नेतृत्वको सरकारले उहाँलाई २०७६ साउन महिनामा सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेर बेपत्ता बनाएको थियो ।
जनताका प्रिय कलाकार तथा नेकपा केन्द्रीय नेता तथा तत्कालीन उपत्यका इन्चार्ज माइला लामालाई बिना कारण जेलमा राखेकोमा चौतर्फी दवावहरु हुँदै आइरहेको थियो । 

 लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो । जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो । धरौटी नबुझाएपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो । 

 

 

Loading...