सरकारले कोरना नियेंत्रणका लागि जारि गरेका निषेधाज्ञाको बारेमा के भने विप्लबले – (बिज्ञप्ति सहित )

 

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले सरकारले गरेको निषेधाज्ञा बन्दाबन्दीले मात्र पर्याप्त नभएको बताएका छन्। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।
महामारी नियन्त्रणका लागि सामाजिक परिचालन अभियानका रुपमा सरकारले स्वयम्सेवक परिचालन गर्नुपर्ने र त्यस अभियानमा साथ दिने भन्दै विप्लवले कोरोना रोकथाम तथा यिन्त्रणका लागि परिचालिन हुन सबै पार्टी पंक्तिलाई अपीलसमेत गरेका छन्।
बिज्ञप्तिमा भनिएको छ- ‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ। यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ तर त्यो आफैंमा पर्याप्त देखिँदैन’, विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रकारको समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तबासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ।’

‘यसप्रकारको महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयम्सेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ। यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु’, उनले थप भनेका छन्, ‘हाम्रो पार्टीका सम्पूर्ण समिति, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयम्सेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्नुहुन केन्द्रीय समिति अपील गर्दछ।’ 

Loading...