काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा नेवा: मुस्लिम समाज बीच सह-कार्य गरि आर्थिक स्थिति कम्जोर भएका १५ वडा बासिहरुलाई नि: शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८का उत्प्रेरक,नेकपा एमाले महानगर सदस्य तथा नेवा: मुस्लिम समाजका अध्यक्ष निसार उद्दिनले राष्ट्रिय युवा संघ नेपाल केन्द्र तथा नेवा: मुस्लिम समाजको तर्फबाट क्षेत्र नं ८मा हरेक समाजिक कार्यमा आवश्यक साथ सहयोग गर्न राष्ट्रिय युवा संघ नेपाल तथा नेवा: मुस्लिम समाज तयार रहेको आज आयोजित एक कार्येक्रममा बताउनु भयो । सम्मानिय प्रधानमन्त्री एव नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली ज्युको निर्देशन अनुसार राष्ट्रिय युवा संघ नेपाल बिभिन्न सामाजिक जनउत्तरदायी भूमिकामा अग्रसर हुन क्षेत्र नं ८का युवाहरू यस घडीमा परिचालन हुन तयार रहेको बताउनु भयो।
राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीकाले आफ्नो वडालाइ कोविड संक्रमण बात सुरक्षित राख्न जनचेतना मुलुक कार्यक्रमलाइ निरन्तरता दिने जनाएको छ। सो संगठनले वडा तथा टोलटोलमा कोरोना कोभिड-१९ सम्बन्धि जनचेतना जगाउने एवं जिल्ला प्रशासन काठमाडौं बाट जारी निषेधाज्ञा बारेमा माइकिङ गरेका छन्।