निषेधाज्ञामा कडाइ , पास बिना हिडने होल्डमा ( फोटोहरु )

काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । विभिन्न सडकको चोकचोकमा निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक , सवारिपास बिना निस्किएका सवारी साधनहरुलाइ प्रहरीले होल्डमा राखिएका छन्। होल्डमा राखिएका सवारीसाधन साझा छाडिने ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई उपत्यका प्रवेश नाका नागढुंगा क्षेत्रमा आफैं खटिएका छन् ।

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा बाहिरि जिल्ला बात आएका सवारी साधनहरु बिहान ६ बज्नु अगावै पुग्नु पर्ने भएता पनि जामका कारण फसेका छन्। ती गाडीहरुलाई पास नभए पनि उपत्यका प्रवेश गर्न दिइएको छ ।

बिहिबार रति अबेर सम्म पनि गन्तव्य पुग्न सवारी साधन नपाईदा अलपत्र परेकाहरुको लागि विहान सात बजे पनि नयाँबसपार्कबाट गाडी छुटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘पहिले नै टिकट काटेर बसमा बसिसकेकालाई विहान सात बजेसम्म पनि जान दिइएको छ,’ ट्राफिक प्रहरीको भनाइ रहेको छ ।

कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

 

Loading...