लिक्षविकालिन सम्रक्षित सबै भन्दा ठुलो इतुम्बहालका निर्माता केशचन्द्रले आफ्नो सबै सम्पत्ती जुवामा हारेपछि आफ्नी दिदीसंग बस्न गए। जुवा खेल्ने लतमा डुबेका उनले खाना खान पस्केको थाल समेत चोरेर दुख दिए। बहिनीले उनलाई पाठ सिकाउन भुईमा भात छरिदिए।
आफ्नो बानीले गर्दा सबैतिरबाट अबहेलित केशचन्द्रले त्यही भुइँमा छरेको भात रुमालमा पोको परि अनकन्टार बाटो लागे । भोकाएको महसुस गर्दै उनले भात बाधेको पोको खोलेर हेरे तर बासी भएको कारण मनलागेन लिदिए र र घाममा सुकाउनको लागि फैलाए।
जब केशचन्द्र ब्यूँझे, उनले परेवा ति सुकाएका भात सबै खाएर सकाएको देखे। भात सुकाएको स्थानमा परेवाले बिष्तियाएको मात्र देख्दा ऊ असाध्यै दुःखी भए , भोको केशचन्द्र केहि समय निदाए र ब्युझिदा पेवाले बिष्टियाएको सबै सुनको रुपमा परिवर्तन भएको देखे। त्यहाँ यति धेरै सुन थियो कि उसले यी सबै बोक्न सकेन। के गर्ने भनेर सोचिरहेको बेला उनले सिकारको गन्धबाट आकर्षित भएका अजंग गुरुमापालाई देखे ।
केशचन्द्रनले उनलाई काका भनेर बोलाएर शान्त गराए र भोजको वचन दिएर सबै सुन बोक्न लगाई संगै आफ्नो घर इतुम्बहलामा आए।
तर छिमेमा रोएर दुख दिने बच्चाबच्चीलाइ फकाउन जब आमाबुबाले ‘ चुप लग नभए गुरु मपाकहाँ पठाई दिन्छु ’ भने गुरुमापा साच्चै नै आइ ति बालबालिकाहरुलाई खाई दिन्थ्यो। आजित बनेका अभिभावकहरुले केशचन्द्र कहा गइ शरण लिन पुग्दा गुरुमपालाई तन्त्र बिद्याले बसमा पारी ,स्थानीय बासिन्दाहरूले त्यसपछि निर्णय गरे कि गुरुमापालाई छिमेकमा राख्नु सुरक्षित छैन। उनीहरूले उनलाई तिन्ख्या (टुण्डिखेल) को मैदानमा बस्न सहमत गरेमा उनलाई प्रत्यक बर्ष एक मुरी चामलको भात , र सिङ्गै राँगाको मासु दिने भोज दिने तर बच्चा बच्ची नखाने वाचा गरे। आजसम्म, स्थानीय नेवार समुदाय श्रेष्ठ, खड्गी , महर्जन र बज्राचार्य समुदायले आआफ्नो भूमिका निभाउदै गुरुमापा गुठिले खानको प्रवध मिलाउदै आएको गुठि सदस्य नरेद्र महर्जनले बताए। उनले गुरुमपालाई रक्षसको रुपमा व्यख्या गर्न नहुने समेत् बताए।
नेपाल मण्डल सम्पदा बात