चाबहिल क्षेत्रमा मनाइने चन्द्र विनायक र ध्व द्य : जात्रा सिमित गुठियारको उपस्थितिमा मनाइए

काठमाडौँ। हाडीगाउँस्थित धनगणेशलाइ तान्तिक साधना गरि तानेर चाबहिल चैत्य नजिक प्रतिस्थापित चन्द्र विनायेकलाइ ल्हशाला गणेशका नाउमा हरेक बर्ष झैँ सोमबार मंशिर पुर्णिमाका दिन जात्रा मनाइएको छ। कोरना महामारीका बीच चन्द्र विनायकलाइ विभिन्न टोल टोलमा लागि खट जात्रा गरिएको छैन। यो बर्ष सिमित गुठियार समुदाय सम्मिलित भएर मन्दिर परिषर भित्र सिमित हुने गरि छोट्याई जात्रा मनाएका छन्। 


श्यारिरमा घाउ चोटपटक ,खटिराले दुख दिए पुजिने चन्द्र विनायक उपत्यका भित्रका चार विनायेक मध्ये एक मानिन्छ। देवमाला वंशावली अनुशार ने स ८००- ८०४मा राजा भूपतिन्द्र मल्लकि कान्छी रानीलाई सपनामा देखाए अनुशार हाडी गाउँको धन गणेशलाइ तानेर चाबहिलमा स्थापना गरि जात्रा चलाइएको हो। तर ने. स ९३७ को लामोहर अनुशार जात्रा संचालनका लागि अमल्कोट कचहरीबात संचालित गणेश जात्रा मुख्य तया सकिमना पुन्ही ( सखर खण्ड उसिनेर खाने पुर्णिमा )र पारुका दुइ दिन मनाइन्छ। यसका लागि सकिमना पुन्ही ( मङ्सिर पुर्णिमा ) का दिन गणेशलाइ पुजा गरि छोयलाबु गरि विभिन्न व्यंजन परिकार दुइदिन खाने परम्परा रही आएको छ।

तेश्रो तथा अन्तिम दिन गणेश भैरव अगाडी रातभर धुनी बालि विभिन्न गेडागुडी बात बनेको कलात्मक सजावट प्रदशन गरि समापन गर्ने परम्प रहिआएको छ। चाबहिल क्षेत्रको ठुलो जात्राको रुपमा मनाइने यो जात्रा बुधबार समापन हुने छ।

ध्वो द्य : जात्रा –


परापुर्व काल बाटै चलिआएको चाबहिल स्थित कुटु बहिमा ध्व द्य: जात्रा सोमबार समुदायका बीच परम्परागत रुपमा मनाइएको छ । कुतुबहि अगाडी रहेको ढुंगामा कुदिएको स्याललाइ हरेक मङ्सिर पुर्णिमाका दिन चामलको भातले पुरै लेपि सेतो  बनाइन्छ  । कुनै बेला तिब्बत संगको ब्यापार चल्ने गर्दथ्यो त्यो समय तिब्बत सरकारले दिएको चार वटा स्याल मध्येका एक लाइ स्यालका राजा “ जम्वोक राजाको”  रुपमा हरेक बर्ष पुजा गर्दै आएको हो।
बिहानै बात सबै गुठियारका घर घरमा रहेको दिगी द्य पुजा गरि साझा पख जम्बोक राजालाइ चामलको भातबात पुरै लेप लगाई श्रीगार पटार गरि धुनी बालि जात्रा समापन गर्ने परम्परा रहिआएको कुतुबाही बिहारका सदस्य पृथ्वी रत्न शाक्यले बताए।

Loading...