कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने

काठमाडौं । । कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने भएको छ। बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराेना भाइरस विरुद्धको खोपलाई हालै बेलायत स्वीकृति दिएको हो । कोरोना विरुद्धको खोपलाई मान्यता दिने पहिलो मुलुकमा बेलायत भएको बीबीसीले जनाएकाे छ । फाइचर कम्पनीले केहिसमय अगाडी विकास गरेको खोप ९५ प्रतिशत मात्र हुन सफल परिक्षण भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर सरकारले भने स्वीकृति दिने सम्म मान्यता पुन सकेन।

बेलायतको स्वास्थ्य नियामक एमएचआरए (मेडिसीन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी)ले आउँदो हप्तादेखि सर्वसाधारणमा खोप लगाउने बताएको छ ।

सबैभन्दा पहिला आवश्यक भएका सिकिस्त विरामीलाई यो खोप लगाउने तयारी रहेको छ ।
बेलायतले शुरुदेखिनै चार करोड़ डोजÞको लागि स्विकृति दिइसकेको थियो । प्रत्यके व्यक्तिलाई दुईवटा खोप दिने भएकाले पहिलो चरणमा दुई करोडलाई दिने बताइएकोछ । 

यस अगाडी जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको थियो ।

 

Loading...