काङ्ग्रेस वरिष्ठ नेता पौडेल पक्राउ घटना राजनीतिक प्रतिशोध र शक्ति उन्मत्ताको संज्ञा

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ घटनालाइ अर्कानेता नविन्द्र राज गोशीले सुनियोजित, राजनीतिक प्रतिशोध र शक्तिको उन्मत्ताको संज्ञा दिएका छन्।
तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा नेता पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको हो। व्यास नगरपालिकाले उक्त पुल बुधबार दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटनमा विवाद भएको हो ।विवादका कारण घटना निम्तिएको प्रशासनले जनाएको छ, भने गण्डकी प्रदेश प्रहरी प्रवक्ता डीएसपी राजेन्द्रबाबु रेग्मीले नेता पौडेलको सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको बताएका छन् । 

पक्राउ घटनाको विरोधगर्दै नेता जोशीले सामाजिक संजालमा भने – जो नेपालको पूर्व सभामुख मात्र नभएर नेपालको लोकातान्त्रिक अान्दोलनको खम्बा हुनुहुन्छ ।उहाँ जत्तिको व्यक्तित्वको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य रुपमा घटेको घटना होइन, सुनियोजित तवरले घटाइएको घटना हो । नेपाली काङ्ग्रेस पार्टीको नेतासँगको राजनीतिक प्रतिशोध हो, शक्तिको उन्मत्तामा घटित घटना हो।यो घटनाले सरकारको सर्वसत्तावादी चरित्रलाई उदाङ्गो बनाएको छ। यो कदमले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने छ ।
अब नेपाली काङ्ग्रेसको मार्ग अान्दोलननै हो । 

 

Loading...