पश्चिम बंगल कोलकाताको दम दम केन्द्रीय कारागार
भारतको पश्चिम बंगल कोलकाताको दम दम केन्द्रीय कारागारमा नेपालका एक कैदी ३९ बर्ष देखि कैदी जीवन बितिरहेका छन्। उनलाई लागिएको आरोप प्रष्ट नभई अझै विचाराधीन अवस्थामा नै ति ७५ बर्षिया वृद्द जेल जीवन बितिरहेका छन्। उनी सन् १९८१ दार्जिलिमा भएको हत्याको आरोपमा पक्राउ परेका थिए। यस अवस्थामा कारागार व्यवस्थापन प्रश्नको घेरामा रहेको छ। यस सम्बन्धि मुद्दाको खुलासा भएपछि
एक संस्थाले ति कैदीलाई सहयोग गरेको छ र उसले कैदीको जमानतका लागि आवेदन दिने भएको छ । जानकारीका अनुसार दीपक जोशी नामका बन्दीलाई सन् १९८१ मा दार्जीलिमा हत्याको आरोपमा पक्राउ गरिएको थियो। सन् २००५ मा उनी दार्जीलिग जेलबाट दम दम केन्द्रीय कारागारको अलीपुर जेल पठाइएका थिए। त्यसबेलादेखि केवल सुनुवाईको मिति पारित भएको छ। मानसिक अवस्था पनि ठिक नभएका ति बन्दीको हालसम्म नेपाल बात उनको घरका कोहि सम्पर्क तथा उनका कुनै आफन्त पनि भेट्न नआएको जेल प्रशासनले भनेको छ।
१० बर्षदेखि कैदीसँगै रहेका अर्को कैदीले मुद्दाको पर्दाफाश गर्यो –
छुट्टै मुद्दामा १० वर्षदेखि सँगै रहेका अर्को कैदी राधेश्याम दास जब कैद भुक्तान गरि बाहिर आए उनले यस घटनाको जानकारी ‘ वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारीलाई खबर गरे। हैम रेडियोको पश्चिम बंगाल रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वासलाई दिए पछि यो बिषयको खुलासा भएको हो । भारतको केन्द्रीय सञ्चार मन्त्रालयमा दर्ता भएको यो क्लब त्यस क्षेत्रमा प्रकोपको समयमा सूचना उपलब्ध गराउने, हराएका मानिसको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने तथा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता सामाजिक काममा सक्रिय रहदै आएको छ। विश्वासले बताए ‘ हैम रेडियोले ती बन्दीलाई सहयोग पुर्याएको छ र जेल व्यवस्थापकलाई दोभाषी (नेपाली भाषाको दोभाषे) मार्फत साक्षात्कार गर्न अनुरोध गरेको छ। यध्पी जेल कारागारले यसलाई स्वीकृत गरेको छैन।’ यस अवस्थामा कैदीको घर फेला पार्न हैम रेडियोले नेपाल दूतावासलाई एक ईमेल पठाएको छ। नेपाल सरकारले कैदीको घर खोजी भइरहेको बताएको छ।
जेल व्यवस्थापन हाल यो बिषयमा प्रश्नको धेरा बिचमा छ। हैम रेडियोका वरिष्ठ सदस्य तथा अधिवक्ता हेरक सिन्हाले भने कि ‘ यो मुद्दा दार्जिलिङ्ग सेसन अदालतमा विचाराधीन छ र कैदीको जमानत नोभेम्बर १ मा हाईकोर्टले दर्ता गरेको प्रतिलिपि खोलेपछि मुद्दा दर्ता गरिनेछ। उनले भने कि यस कारागारमा जेल व्यवस्थापन पूर्ण रुपमा प्रश्नको अधीनमा छ। यदि कैदीलाई उद्धारको लागि निःशुल्क कानुनी सेवा प्रदान गरिने हो भने, त्यसो भए मुद्दा पेन्डिङ्ग गर्ने सवाल नै रहदैन । जेल प्रशासनले यस सम्बन्धमा सरकारलाई अनुरोध गर्नुपर्यो।
तर जेल कारागारलाई सम्पर्क गरेपछि उनले यस विषयमा विस्तृत जानकारी दिन सकेनन्। अर्कोतर्फ मानवअधिकार आन्दोलनका एक वरिष्ठ नेता रंजीत सुर भन्छन् कि कैदी वा उसको परिवारले पनि क्षतिपूर्ति लिन सक्छ। यो मानव अधिकार उल्ल .्घन को एक प्रमुख मामला हो। विशेष गरी विदेशी कैदीहरु को मामलामा। उच्च अदालतले पनि यस मामलालाई स्वत: संज्ञानमा लिन सक्छ जसमा जेल व्यवस्थापनको असफलता प्रकट हुन्छ। ’
रेडियो क्लबले थापालाई लेखेको पत्रमा दीपक इलाम जिल्लाको सखलपा भन्ने गाउँका व्यक्ति भएको उल्लेख गरिएको छ। तर, इलाममा त्यो नामको गाउँ रहेको थाहा हुनसकेको छैन। गाउँको नाम नमिलेपछि उनको सही ठेगाना सोध्नका लागि ‘वेस्ट बंगाल रेडियो क्लब’का पदाधिकारी कोलकातास्थित दीपक रहेको जेलमा पनि पुगेका थिए। दीपकसँग कुराकानी गरेर क्लबका पदाधिकारीले दीपकले आफ्नो ठेगाना इलामकै डाँडागाउँ भएको बताएको विवरण क्लबसँग जोडिएका नेपालका एक जना वरिष्ठ अधिवक्तालाई पठाएका छन्।
मानवीय सहायताका निम्ति आफू सक्रिय भएर लागे पनि आफ्नो नाम सार्वजनिक रूपमा उल्लेख गर्न नचाहने ती वरिष्ठ अधिवक्ताले भारतका केही कानून व्यवसायी, कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र इलाममा समेत दीपकबारे सोधखोज गरिरहेका छन्। ती वरिष्ठ अधिवक्ता र पूर्व मुख्य न्यायाधीश थापा दुवैले आफूहरूको प्रयासका बावजूद कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले यो विषयलाई गम्भीरतापूर्वक नलिएको बताए। “हामीले घटना थाहा पाएकै १० दिन भइसक्यो, दूतावासका अधिकारीले त्योभन्दा पहिले थाहा पाएका थिए, उनीहरूले समयमै पहल गरेको भए अहिलेसम्म छुटाउन सकिन्थ्यो होला”, ती वरिष्ठ अधिवक्ताले भने।
Universal News Agency (UNA) र हिमालखबर बात तयार पारिएको