कोरियामा हुने सम्मेलनमा सहभागीका लागि कालोसूचीमा परेको संस्थाको सिफारिस

वैदेशिक सम्मेलनका लागि दक्षिण कोरिया र अस्ट्रेलिया मुलुकमा त्यहाँको स्थानीय सरकारको आयोजनामा हुन लागेको टेक्नोलोजी, बिजनेश इन्टरप्रेनरशीप, म्यानेजमेन्ट तथा लिडरशिप विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको कुरा सो सम्बद्ध प्रतिनिधिद्वारा जानकारी गराइएको छ ।
उक्त सम्मेलनमा सहभागीका लागि नेपालबाट सपोरस परिवर्तन नेपालसँग आबद्ध व्यक्तिहरु यस संस्थाको सिफारिसमा जाने कुरा बताइएको छ ।
यो संस्था विभिन्न गतिविधिका कारण कालो सूचीमा परेको छ यद्यपि सम्बन्धीत निकायसँगको मिलेमतोमा नक्कली सदस्यता दिलाई चक्रबहादुर बुढाथोकी, कमलबहादुर कार्कीलगायतका दशौँजना व्यक्ति उक्त सम्मेलनमा जान लागेको कुरा थाहा हुन आएको छ ।

सम्मेलनमा सहभागीका लागि उक्त व्यक्तिहरुलाई भिसाका लागि सिफारिस गर्न सम्बन्धीत मन्त्रालयलाई समेत दवाब दिइएको जानकारी प्राप्त भएको छ ।

यसरी दबाब दिनूलाई यहाँभित्र आर्थिक चलखेल रहेको कुरा सहजै अनुमान लगाउन सकिने कुरा आम सरोकारवालाले गरेका छन् ।