मेलम्चीको पानी माघ सम्म सुन्दरीजल आइपुग्ने , सुरुङमा पुनःपानी पठाइँदै

काठमाडौँ । मेलम्चीकाे पानी यही माघ महिना सम्ममा काठमाडौँ भित्र प्रवेश गर्ने भएको छ। अबको दुइसत साता पछि सुरुङमा पठाइने तैयारी (पथान्तरण गरिने) भएको छ । सुरुङ्ग निर्माण सकिएर गत असारमा पानी पठाइएको ( पथान्तरण गरिएकाे) मा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएकाे थियाे । भित्रबाट खुल्ने गेटहरुको डिजाइनलाई बाहिरबाट खुल्ने गरी जडान गरिएपछि गत असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो । पानी पथान्तरणको नियमित परीक्षणका लागि सुरुङमा गएका इन्जिनियरसहितको गाडीलाई अकस्मात् गेट खुलेर बगाए पछि मृत्यु हुनुका साथै एक मजदूर बगेर बेपत्ता भएका थिए । अहिले फेरि दोस्रोपटक पानी पथान्तरण गर्न लागिएकाे हाे ।

खानेपानी मन्त्रालय स्राेतका अनुसार पहिला फुटेकाे सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तनको काम पुरा गरि पुनः पानी पथान्तरण गर्न लागिएको हाे । पनि पथान्तरण गरि सुरूङ भरिएर पानी काठमाडाैँकाे सुन्दरीजलमा आइपुग्न भने २ महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएकाे छ ।

भारतीय पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी गेटको फ्रेम परिवर्तन गर्न सहमत भएअनुशार चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको हो ।

Loading...