गृह मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढा

गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो ।

प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको जिम्मेवारी बुढाले पाएका हुन् ।

यस अघि बुढा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । बिभिन्न जिल्लाको सिडिओ भएको अनुभव समेत उनीसंग छ । बुढा जाजरकाेटका हुन् 

Loading...