काठमाडौँ, ४ चैत । साताको तेस्रो दिन ( मंगलबार) सुनको मूल्य दुई हजारले घटेर ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।
केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।